बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरतीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन् ।
आइतबार दिउँसो ‘न्याय कि मृत्यु ? बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएर सर्वोच्चको गेटबाहिर पुगेकी आरतीले मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । तर,शरीरमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले तत्काल रोकेको थियाे । त्यसपछि अर्धचेत देखिएकी उनलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।





























प्रतिक्रिया