ओमोडा ईभी नेपालमा सार्वजनिक गर्ने तयारी

ओमोडा ईभी नेपालमा सार्वजनिक गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ‘ओमोडा ई ५’ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ‘ओमोडा ई ५’ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो।

जसका लागि गत डिसेम्बरमा ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न ओमोडाको चीन समुहले लाइभस्ट्रिम कार्यक्रम गरेको थियो।

प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधाहरू, सुरक्षा र आधुनिक डिजाइनसहितको ‘ओमोडा ई ५’ प्रस्तुत गरिएको थियो। कम्पनीका अनुसार ‘ओमोडा ई ५’, नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुनेछ। जुन यसका प्रतिस्पर्धीहरूमध्ये सेगमेन्टमा उत्कृष्ट छरहेको छ ।

६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटनमिटर टर्कको साथ, यसले ५१० किलोमिटर ‘एनईडीसी’ र ४३० किलोमिट ‘डब्लूएलटीपी’ को दायरा प्रदान गर्दछ।

‘ओमोडा ई ५’ को एक्टेरियर ‘बाहिरी’ डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक डिजाइन(दर्शनमा आधारित रहेको छ। यसको एक्स– आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड(मेट्रिक्स(टेललाइट, टी–आकारको डेटाइम–रनिङ–हेडलाइट रहेको छ।

त्यस्तै, गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू सहितको इन्टेरियर डिजाइन रहेको छ।

साथै यसमा १७ ‘एडीएएस’ सुविधाहरू पनि उपलब्ध छन् । जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग आदि रेहेको छ।

कम्पनीले २८ मिनेटमा ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा रहेको दाबी छ। गाडीलाई नेपाली भू-भागको सडक अनुकुल बनाइएको कम्पनीले जनाएको छ भने छिटै नेपाली बजारमा ल्याउने कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo