प्राकृतिक चिकित्सा क्षेत्रमा संलग्न सुस्वास्थ्य हस्पिटल नवौं वर्षमा प्रवेश गरेको छ। २०७२ सालमा औषधिविहिन उपचारपद्धतिलाई प्रयोग गरेर बिरामीको उपचार तथा स्वास्थ्य प्रवर्धन गर्ने उद्धेश्यसहित सेवा सुरु गरेको यो हस्पिटल आजबाट नवौं वर्षमा प्रवेश गरेको हो।
मिनभवनमा रहेको यो हस्पिटलमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डि खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिन्द्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । यो हस्पिटलले प्राकृतिक चिकित्सामार्फत गुणस्तरीय सेवा प्रदान गरेर आफूलाई देशकै अब्बल प्राकृतिक चिकित्सा अस्पतालको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालमै उत्कृष्ठ प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने हस्पिटल बनाउने लक्ष्यका साथ वरिष्ठ अक्कुपँचरिष्ट सुदर्शन बस्नेतले सात वर्ष पहिले सुस्वास्थ्य हस्पिटल स्थापना गरेका थिए। औषधिविहीन उपचारपद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी विरामीको उपचार गर्ने र निरोगीलाई रोग लाग्न नदिने अवस्थामा राख्ने उद्देश्यसहित २०७२ साल माघ १ गतेदेखि अस्पतालले सेवा सुरु गरेको थियो।
सुस्वास्थ्यले प्राकृतिक चिकित्सा, अक्कुपन्चर, फिजियोथेरापी र आयुर्वेदजस्ता उपचार विधिहरू मार्फत बिरामीको उपचार गर्ने गरेको छ । विशेषगरी नसर्ने रोगको उपचारका लागि यो हस्पिटल प्रख्यात छ।
नसा च्यापिएको, प्यारालाइसिस, माइग्रेन, विभिन्न दुखाइलगायतका रोगको उपचारका लागि यो हस्पिटलले छुट्टै पहिचान बनाएको छ। हस्पिटलमा दक्ष जनशक्तिले सेवा प्रदान गर्ने गरेका छन्। प्राकृतिक चिकित्सक, अक्कुपन्चरिस्ट, फिजियोथेरापिस्ट र आयुर्वेद चिकित्सकहरुले शरीर, दिमाग र आत्मालाई सन्तुलनमा राखेर पारिवारिक वातावरणमा उपचार सेवा प्रदान गर्छन।
स्थापना कालदेखि सुस्वास्थ्यले नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ। सात वर्षको अवधिमा १२ हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेको छ। त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको छ। हस्पिटलले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।































प्रतिक्रिया