एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा महासचिव घनश्याम भुसालले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएकाे हाे।

बैठकमा जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षा हुनेछ। यसैबिच आज बस्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनबारे समेत समीक्षा गर्ने नेताहरूले बताएका छन्।

माघ ११ गते १९ पदका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका २ सहित सत्ता गठबन्धनका १९ उम्मेदवार चुनावी मैदानमा छन्। 

Logo