एएफसी एशियन कप फुटबलमा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ । समूह ईमा रहेको कोरियाले बहराइनलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
कतारमा जारी प्रतियोगिताअन्तर्गत कोरियाको जितमा ली कांगले २ गोल गर्दा ह्वाङ इन बिओमले १ गोल थपेका थिए । बहराइनका लागि अब्दुल्लाह दुअइजले १ गोल फर्काए । ३८ औं मिनेटमा कोरियाका लागि ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको बहराइनले उत्कृष्ट प्रदर्शन गर्दै ५१ औं मिनेटमा खेल बराबरी गरेको थियो । बहराइनका अब्दुल्लाहले गोल गरेका थिए ।
५६ औं मिनेटमा ली कांगले किम मिन जेको पासमा गोल गर्दै कोरियालाई २–१ ले अघि बढाए । ६८ औं मिनेटमा लीले नै व्यक्तिगत दोस्रो गोल गर्दा कोरिया ३–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल नभएपछि अन्ततः कोरिया ३–१ को जित निकाल्न सफल भयो ।
यही समूहमा रहेको मलेसिया र जोर्डनको खेल आजै राति सवा ११ बजे सुरुहुने छ ।





























प्रतिक्रिया