एफसी एशिया कपमा इराक विजयी

एफसी एशिया कपमा इराक विजयी

केन्द्रबिन्दु
0
Shares

एफसी एशिया कप फुटबलमा इराक विजयी भएको छ। सोमबार कतारको अहमद विन अली स्टेडियममा भएको खेलमा इराकले इन्डोनेशियालाई ३–१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुआत गरेको छ। इराक समूह डीमा रहेको छ।

इराकलाई जिताउनका लागि मोहमद अली, ओसामा रासिद र आयमन हुसेनले एक एक गोल गर्दा इन्डोनेशियाका लागि मार्सिलेनिओ फेरडिनाले एक गोल फर्काए।
१७ औं मिनेटमा मोहमद अलीले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए।
३७ औं मिनेटमा मार्सिलेनिओले गोल गरेपछि इन्डोनेशियाले एक एकको बराबरीमा ल्याएको थियो।

पहिलो हाफको अतिरिक्त सातौं मिनेटमा ओसामा रासिदले गोल गरेपछि इराकले पुनः अग्रता लियो। ७५ औं मिनेटमा आयमन हुसेनले गोल गरेपछि इराक ३–१ गोल अन्तरले अघि बढ्यो।

७५ प्रतिशत बढी बल पोशेसन राखेको इराकबाट त्यसपछि थप गोल नभएपछि ३–१ को सहज जित निकाल्न सफल भयो। यही समूहमा जापान र भियतनाम पनि रहेको छ। जापानले आफ्नो पहिलो खेलमा आइतवार भियतनामलाई पराजित गरेको थियो।

Logo