निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने?

निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने?

केन्द्रबिन्दु
0
Shares

जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ। कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र जेष्ठनागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ।  

निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्रमण गर्छ। यस्तो अवस्थामा बर्सेनि जाडोयाममा अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामीको चाप बढेको हुन्छ।   

यस्ता हुन्छन् निमोनियाका लक्षण 

निमोनिया फोक्सोको गम्भीर संक्रमण हो, जसको सिकार साना बालबालिका, कमजोर व्यक्ति र वृद्धवृद्धा हुने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन्। भाइरसका कारण फोक्सो सुन्निने र फोक्सोमा पानी भरिएपछि निमोनियाको संक्रमण हुन्छ। 

यसको मुख्य लक्षणमा ज्वरो, खोकी र थकान समावेश छ। बिरामीलाई खोकी लाग्छ। ज्वरोसँगै पसिना आउने र काम्ने लक्षण देखिन्छ। सास फेर्न गाह्रो हुन्छ। सास फेर्दा घ्यारघ्यारको आवाज आउँछ। छाती दुख्छ, भोक कम हुन्छ वा खानामा अरुचि हुन्छ। 

निमोनियाबाट पीडित बालबालिकाको ओठ र नङको रङ नीलो देखिन थाल्छ। प्रतिरक्षा प्रणाली कमजोर भएकाले बालबालिकासँगै वृद्धवृद्धालाई पनि निमोनियाको बढी जोखिम हुन्छ। विशेषगरी मधुमेह र उच्च रक्तचापबाट पीडित वृद्धवृद्धाले यो मौसममा निमोनियाबाट बच्न बढी व्यायाम गर्नुपर्छ।

बच्ने उपायहरू 

रोग लागेर उपचार गराउने अवस्थामा पुग्नुभन्दा रोकथाम नै राम्रो हुन्छ। यस्तो अवस्थामा बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट जोगाउन धेरै प्रभावकारी उपाय अपनाउन सकिने स्वास्थ्य विज्ञहरू बताउँछन्। 

चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ। विहान विहान व्यायायका लागि निस्कने तालिका बनाएकाहरुले घाम लागेपछि मात्रै निस्कनु हितकर हुन्छ। यदि बच्चालाई एन्टिबायोटिक दिइँदै छ भने, पूर्ण रुपमा मात्रा मिलाएर चिकित्सकले भनेको दिनसम्म खुवाउनुपर्छ। बच्चाको वरिपरि सरसफाइमा पूर्ण ध्यान दिनुहोस्। बच्चालाई निमोनियाविरुद्धको खोप लगाउन पनि सकिन्छ। 

यदि बच्चालाई चिसो लागेको छ भने उसको छातीमा भिक्स लगाएर सुताउने र केही समय घाममा पनि राख्ने गर्नुपर्छ। यसले बच्चाको शरीरमा न्यानोपन प्रदान गर्दछ। 

साना बच्चाहरूले पिसाब गर्दा, तिनीहरूलाई लामो समयसम्म भिजाउनुको सट्टा समय समयमा जाँच गरिरहनुहोस्। बच्चालाई डाइपर लगाएर राख्नुहोस् ताकि उसको शरीर सुक्खा राख्न सकियोस्।

Logo