पीएम कपमा आज तीन खेल हुँदै

पीएम कपमा आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन्। आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ।

कर्णाली र सुदूरपश्चिम दुवैले आ–आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्ने छन्। पहिलो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो।

त्यस्तै आज अर्को खेल त्रिभुवन विश्वविद्यालय खेल मैदान, किर्तिपुरमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ। कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ।

त्यसैगरी आज तेस्रो खेल बागमती प्रदेश र मधेश प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुँदैछ। बागमती प्रदेशले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशले आफ्ना २ खेलमा एक जित र एक हार बेहोरेको छ।

Skip This
Skip This
Logo