लेखक पौडेलको कृति ‘अष्ट-ज’ बजारमा

लेखक पौडेलको कृति ‘अष्ट-ज’ बजारमा

केन्द्रबिन्दु
0
Shares

प्राध्यापक दुर्गादत्त पौडेलद्वारा लिखित ‘अष्ट-ज’ नामको पुस्तक सार्वजनिक गरिएको छ।आयोजित एक समारोहमा उक्त पुस्तकको प्राध्यापक लोकनाथ पौडेलले सार्वजनिक गरेका हुन्।

सो अवसरमा पुस्तकबारे चर्चा गर्दै पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पुस्तक मुलुकको विकासका लागि राम्रो चिन्तन गरेर लेखिएको तर राजनीतिक दलहरूले भने मुलुकको समृद्धिमा कुनै ध्यान नदिएको बताए। 

उनले मुलुकको विकासका लागि स्थायी सरकार र राजनीतिक दलको ध्यान विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले मुलुकको विकासका लागि लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए। सो पुस्तक विकास निर्माणका लागि मार्गदर्शन रहेको उनको धारणा थियो।

प्रतिनिधिसभा सदस्य तथा अर्थशास्त्री डा स्वर्णिम वाग्लेले मुलुकमा जोखिम मोलेर लगानी गर्ने आँट गर्नुपर्ने भन्दै अस्थिर राजनीतिक अवस्था र महँगो निर्वाचन प्रणाली अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए।

वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले नेपाली हिन्दु संस्कारमा अष्ट-जको महत्त्व निकै रहेको र लेखकले मुलुकको विकासका लागि अष्ट-ज अनुसार विकास गर्न सुझाव लिएको बताए। 

लेखक पौडेलले पुस्तकले देशको मुहार फेर्नका लागि केही सहयोग पुग्नेमा विश्वास व्यक्त गर्दै पुस्तक बिक्रीबाट आएको रकम काठमाडौँ वन विज्ञान क्याम्पसमा सहयोग गर्ने जानकारी दिए।

अष्ट-जको अर्थ जल, जमिन, जङ्गल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी र जलवायु रहेको छ। यी अष्ट-ज को विकास गर्न सकेमा मुलुक समृद्ध हुने लेखकको भनाइ छ।

Skip This
Skip This
Logo