एशियन कप अन्तर्गत इराकले विजयी शुरुवात गरेको छ। सोमबार राति सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले इन्डोनेसियामाथि ३-१ को जित हासिल गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।
इराकको जितमा मोहमद अली, ओसामा राशिद र आयमेन हुसैनले एक-एक गोल गरेका थिए। त्यस्तै इन्डोनेसियाका लागि मार्सेलिनो फेरडिनानले एक गोल गरेका थिए।
यो जितपछि समुह डी मा इराकले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। समुह डी मा जापान र इराकले आफ्नो पहिलो खेल जितेका छन् भने भियतनाम र इन्डोनेसियाले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन्। अब इराकले अर्को खेल शुक्रबार जापानको सामना गर्नेछ भने भियतनामले इन्डोनेसियासँग शुक्रबारनै खेल्ने तालिका रहेको छ।





























प्रतिक्रिया