एएफसी एशिया कप फुटबलमा जोर्डनले शानदार जित निकालेको छ। कतारमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा जोर्डनले मलेसियाविरुद्ध ४–० को एकतर्फी जित निकालेको हो।
जोर्डनका लागि महमूद नयेफ अहमद र मोउसा मुहम्मदले समान दुई ÷दुई गोल गरेका थिए। सुरुदेखि नै मलेसियाविरुद्ध हावी भएको जोर्डनले १२ औं मिनेटमा गोलको खाता खोलेको थियो। त्यसपछि जोर्डनका महमूद नयेफले गोल गर्दै अग्रता दिलाएका थिए।
मलेसियाका खेलाडीले गल्ती गर्दा पाएको पेनाल्टीमा जोर्डनका मोउसा मुहम्मदले गोल गरेपछि अग्रता दोब्बर भएको थियो। ३२ औं मिनेटमा महमूदले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो।
८५ औं मिनेटमा मोउसाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन ४–० को सहज जितका साथ प्रतियोगिता सुरुआत गरेको छ। समूह ईमा जोर्डन शीर्ष स्थानमा रहँदा दक्षिण कोरिया दोस्रो स्थानमा छ। बहराइन र मलेसिया भने क्रमश तेस्रो र चौथो स्थानमा छन्।































प्रतिक्रिया