उत्तम केसी आए ‘नझुकुन हाम्रा शिरहरु’ लिएर (भिडियोसहित)

उत्तम केसी आए ‘नझुकुन हाम्रा शिरहरु’ लिएर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कलाकार उत्तम केसीले ‘नझुकून् हाम्रा शिरहरू ’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।

संसदबाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिसहितको नयाँ नक्सा सार्वजनिक पछि संविधान संशोधन विधेयक पारित हुँदै गर्दा यसैको समर्थनमा उनले शुक्रबार गीत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा नेपाल कलाकर्मी संघका अध्यक्ष रवीन्द्र खड्का, लगायत मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, शुभेक्षा थापा, उत्तम केसी, आशा भुसाल, गीता नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको विरुद्ध लड्न सबै नेपालीलाई गीतमार्फत आह्वान गरिएको छ । पुर्खाले आर्जेको यो भूमि नेपालको भएकाले यसको रक्षामा उत्रन यो गीतबाट आग्रह गरिएको हो ।

गीतमा गायक विजय अधिकारी र गायिका मनीष राईको स्वर छ भने संगीत विजय अधिकारीको रहेको छ । गीतको भिडियो निर्देशन जीवन शाहीले गरेका हुन् । यसको निर्माण साइराम पिक्चर्स प्रालि मार्फत यो बजारमा आएको हो । भिडियो :

 

Logo