नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार एक लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ सय रूपैयाँले घटेर एक लाख १९ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
तेजाबी सुन १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीकाे मूल्य पनि घटेकाे छ। साेमबार १४ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया