एमी अवार्डः ‘सक्सेसन’ र ‘द बियर’लाई ६–६ अवार्ड

एमी अवार्डः ‘सक्सेसन’ र ‘द बियर’लाई ६–६ अवार्ड

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको लसएन्जल्समा मंगलबार बिहान सम्पन्न ७५औं संस्करणको प्राइमटाइम एमी अवार्डमा ‘सक्सेसन’ र ‘द बियर’ले समान ६ अवार्ड र ‘बीफ’ले ५ अवार्ड जितेका छन् । 

हलिउडमा भएको आन्दोलनका कारण निर्धारित मितिमा हुन नसकेको एमी अवार्ड आज विशेष देखिएको थियो । 

अवार्डमा कमेडी ड्रामाको टेलिभिजन सिरिज ‘सक्सेसन’ले ‘आउटस्ट्याण्डिङ ड्रामा सिरिज’को अवार्ड जित्दा सिरिजका लागि काइरन कल्किनले ‘आउटस्ट्याण्डिङ लिड एक्टर इन ड्रामा सिरिज’, सारा स्नोकले‘आउटस्ट्याण्डिङ लिड एक्ट्रिस इन ड्रामा सिरिज’, म्याथु म्याकफेडेनले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्टर इन ड्रामा सिरिज’, जेसी आम्र्सट्रङले ‘आउटस्ट्याण्डिङ राइटिङ फर ए ड्रामा सिरिज’, मार्क माइलडले ‘आउटस्ट्याण्डिङ डिरेक्टिङ फर ए ड्रामा सिरिज’ गरी कूल ६ वटा फरक विधाको अवार्ड पोल्टामा पारे ।

त्यस्तै ‘द बियर’ले ‘आउस्ट्यण्डिङ कमेडी सिरिज’ जित्यो । ‘द बियर’का लागि जेरेमी एलिन ह्वाइटले ‘आउटस्ट्याण्डिङ लिड एक्टर इन कमेडी सिरिज’, आयो एडीबिरीले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्ट्रिस इन ए कमेडी सिरिज’, इबोन मोस–बाचराचले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्टर इन ए कमेडी सिरिज’, क्रिस्टोफर स्टोररले ‘आउटस्ट्याण्डिङ राइटिङ फर ए कमेडी सिरिज’ र ‘आउस्ट्याण्डिङ डिरेक्टिङ फर ए कमेडी सिरिज’को अवार्ड जिते ।

त्यस्तै ‘बिफ’ले ‘आउस्ट्याण्डिङ लिमिटेड सिरिज’को अवार्ड जित्दा ‘बिफ’का लागि स्टेभन युअुनले ‘आउटस्ट्याण्डिङ लिड एक्टर इन ए लिमिटेड सिरिज अर टीभी मुभी’, अलि वोङले ‘आउटस्ट्याण्डि लिड एक्ट्रिस इन ए लिमिटेड सिरिज अर मुभी’ र लि सुङ जिन ले ‘आउटस्ट्याण्डिङ राइटिङ फर ए लिमिटेड अर एन्थोलोजी सिरिज अर मुभी’ को अवार्ड जिते ।

अवार्डमा ‘द ह्वाइट लोटस’का लागि जेनिफर कोलिजले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्ट्रिस इन ए ड्रामा सिरिज’, ‘एबोट इलिमेन्ट्री’का लागि क्विन्टा ब्रुनसनले ‘आउटस्ट्याण्डिङ लिड एक्ट्रेस इन कमेडी सिरिज’, ‘ब्ल्याक बर्ड’का लागि पल वाल्टर हाउसरले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्टर इन ए लिमिटेड सिरिज अर टीभी मुभी’, ‘डाहमर–मोन्स्टरः द जेफ्री डाहमर स्टोरी’का लागि निसी नास–बेट्स’ले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्ट्रिस इन ए लिमिटेड सिरिज अर टीभी मुभी’, ‘रुपल्स ड्राग रेस’ले ‘आउटस्ट्याण्डिङ रियालिटी–कम्पिटिसन सिरिज’, ‘द डेली शो अफ ट्रेभर नोआ’ले ‘आउटस्ट्याण्डिङ टक सिरिज’, ‘लास्ट विक टुनाइट विथ जोन ओलिभर’ले ‘आउटस्ट्याण्डिङ स्क्रिप्टेड भेराइटी सिरिज’ र ‘एल्टोन जोन लाइभः फेयरवेल फ्रम डोजर स्टेडियम’ले ‘आउटस्ट्याण्डिङ भेराइटी स्पेसल’ अवार्ड जित्यो ।

Skip This
Skip This
Logo