अभिनेत्री निता ढुङ्गानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन सकिएको छ । सामाजिक सञ्जालमार्फत उनले फिल्म युनिटको एक तस्बिर पोस्ट गर्दै छायाङ्कन सकिएको जानकारी दिएकी हुन् ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन दुई चरणमा भएको थियो । पहिलो चरणको छायाङ्कन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको छ ।
फिल्ममा नीता ढुगाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने बिपना थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, सरोज खनालको पनि अभिनय छ । भारतीय कलाकारहरु ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय फिल्ममा देख्न सकिन्छ ।
निता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ हलसँगै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ ।





























प्रतिक्रिया