आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० माघ ४ गते बिहीबार। १८ जनवरी २०२४।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला। मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। साथीभाइसँग समय बित्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। सरकारी निकायको भय रहनेछ। स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएको धन हातपर्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ।
 

Logo