निर्वाण चौधरी बने अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

निर्वाण चौधरी बने अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

केन्द्रबिन्दु
0
Shares

नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरी विश्व आर्थिक मञ्चमा बहस गर्ने पहिलाे नेपाली बनेका छन् । गएराति स्विटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलोपटक चौधरीले बहस गरेका हुन्। 

बहसका क्रममा उधोगपत्ति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिव दुई अर्ब मानिसलाई जीवन दिन सक्ने र त्यसमा लगानी बढाउन आवश्यक रहेकाेमा जाेड दिएका थिए । विश्वभर पानीको संकट बढिरहेको समयमा हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको भरपूर सदुपयोग गर्न सकिने उनकाे भनाई थियाे । 

‘विश्वभरी पानीको संकट बढिरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाइ पानी दिलाउन सकिन्छ ।’ उनले भने, ‘साथै नेपालमा झन्डै १ लाख मेघावट बिजुली उत्पादन गर्न सकिनेछ तर हामी अहिले २–३ हजार मेगावाट मात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन सकिन्छ ।’ 

निर्वाण चौधरी ग्रुप (सीजी)का प्रबन्ध निर्देशक हुन् । सीजी नेपालको प्रमुख उद्योग समूह मध्ये एक हो। यस समूहको बीजारोपण सन् १८७० भूरामलदास चौधरीले कपडा व्यापारबाट गरेका थिए। यस समूहले ४० भन्दा बढी कम्पनीहरूमा करिब साढे १७ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको छ। कम्पनीले खाद्य तथा पेय, विद्युत तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, चुरोट, वित्तीय संस्था, पूर्वाधार, होटल, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कूललगायतका क्षेत्रमा लगानी गरेको छ।

 

 

 

Skip This
Skip This
Logo