आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच ?

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ५ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १७ हजार ५ सय रुपैयाँमा काराेवार  भएकाे छापावाल सुन आज १ लाख १८ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। 

तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि बढेकाे छ। अघिल्लो दिन प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रूपैयाँले घटेर १ हजार ३ सय ९५ रूपैयाँमा कराेवार भइरहेकाे छ।

Logo