क्षेत्रपाटीबाट व्यापारी नरेश अग्रवाल २ करोड बढी अवैध रकमसहित पक्राउ

क्षेत्रपाटीबाट व्यापारी नरेश अग्रवाल २ करोड बढी अवैध रकमसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजश्व अनुसन्धान विभागले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको मोटो रकमसहित व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार विभागले छापा मार्ने क्रममा २ करोड बढी अवैध रुपैयाँसहित नरेश अग्रवाल र उनका सहयोगीहरुलाई पक्राउ गरिएको हो । उनले भने, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।”

बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताए । 

Skip This
Skip This
Logo