संसदमा बोल्न नपाएकोमा सांसद गिरीको आक्रोस (भिडियाेसहित)

संसदमा बोल्न नपाएकोमा सांसद गिरीको आक्रोस (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न नदिइएको भन्दै तत्कालीन समाजवादी पार्टीकी समानुपातिक सांसद सरीता गिरीले आक्रोस पोखेकी छिन् । शनिबारको प्रतिनिधि सभाको बैठकमा बोल्न खोज्दा सभामुख अग्निप्रसाद सापकोटाले बोल्न नदिएपनि उनले आक्रोस पोखेकी हुन् । सभामुख सापकोटाले सांसद गिरीले दर्ता गराएको संविधान संशोधन प्रस्ताव खारेज भएको घोषणा गरेका थिए । गत बुधबार सांसद गिरीले संघीय संसदको सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको उनको भनाइ छ । सभामुख सापकोटाले संशोधन प्रस्ताव खारेज गरेको घोषणा गरेपछि संसद भवनबाट बाहिरीएकी सांसद गिरीले आफूले संशोधन राखेपछि तल्लो स्तरका गालीगलौजको सिकार हुनुपरेको दुखेसो पोखिन । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रतिनिधि सभामा दफाबार छलफल सुरु हुँदा सांसद गिरीलाई बोल्न दिइएको थिएन । बोल्ने समय नपाएपछि बाहिरिएकी सांसद गिरीले व्यक्तिगत रुपमा आफूमाथि भइरहेका व्यवहार विरुद्ध निरन्तर लड्दै जाने बताइन ।

सरकारले गत जेठ ७ मा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । नयाँ नक्सामा लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको ३ सय ३५ वर्ग किलोमिटर भूभाग समावेश गरिएको थियो । नयाँ नक्सा जारी भएपछि नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन गर्न लागिएको हो । निसान छाप परिमार्जन गर्न सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदीय सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएकी थिइन् ।

मन्त्री तुम्बाहाङ्फेले दर्ता गराएको संविधान संशोधन विधेयक जेठ १८ मा प्रतिनिधि सभाको बैठकमा पेश गरिएको थियो । उक्त विधेयक जेठ २७ को प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरिएको थियो । जसलाई सर्वसहमतिले पारित गर्ने निर्णय गरेको थियो । संविधान संशोधन वियेधकमाथि केही संशोधन भए सांसदहरुलाई दर्ता गराउन ७२ घण्टाको समय दिइएको थियो । सोही समयमा गत बुधबार समाजवादी सांसद गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पूरा भिडियाे:

Logo