चौतर्फी दबाबपछि सरकारले कोरोनाविरुद्ध भएको खर्च विवरण सार्वजनिक गरेको छ । काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री कार्यालयले कोरोनाविरुद्ध खर्च भएको भन्दै आठ अर्ब ३९ करोड रुपैयाँको विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन ।
सरकारले १० अर्ब खर्च भएको बताएपछि संसद र सडकमा चर्को विरोध भइरहेको छ । प्रेस सल्लाहकार थापाका अनुसार हालसम्म ८ अर्ब ३९ कराेड ११ लाख ९९ हजार ”काेराेना राेकथाम, नियन्त्रण र उपचारमा खर्च गरिएकाे छ ।
































प्रतिक्रिया