काठमाडौं ।
गायक उत्सव कान्त मैनालीको ‘एउटा सपना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित निर्माता तथा निर्देशक साथै कलाकार निर्मल शर्मा (गैँडा) द्वारा गीतको म्युजिक भिडियो निर्देशन गरिएको छ ।
भिडियो ओएसआर डिजिटको युट्युब च्यानलबाट रिलिज गरिएको छ । निकै भावुक शैलीमा मैनालीले उक्त गीतमा सुमधुर स्वर दिएका छन् भने गीतको शब्द रमेश सुबेदीले लेखेका छन् । त्यस्तै संगीत रोशन राज गुरुङको रहेको छ । गीतलाई कुमार थापाले एरेन्ज गरेका छन् भने मनोज परियारले रेकर्डिङ तथा मिक्सिङको कार्य गरेका छन् ।

म्युजिक भिडियोमा कलाकार कमलकान्तको अभिनय देख्न पाईन्छ । भिडियोमा उनले आफ्नो मायालुसँग बिताएका बिगतका पलहरुलाई सम्झिदै कसरी जीवन बिताईरहेका छन् भन्ने देखाउन खोजिएको छ । अभिनयमा उनलाई अभिनेत्री रजनी के सि र कलाकार अशिम पौडेलले साथ दिएका छन् । भिडियोलाई वरिष्ठ सिनेम्याटोग्राफर राजु के सिले निकै आकर्षक तरिकाले छायांकन गरेका छन् भने सम्पादनको कार्य गौतम राज खड्काले गरेका छन् ।































प्रतिक्रिया