निरन्तर राष्ट्रपतिमाथि टिप्पणी गर्नेहरु गणतन्त्र विरोधी हुन्–प्रधानमन्त्री

निरन्तर राष्ट्रपतिमाथि टिप्पणी गर्नेहरु गणतन्त्र विरोधी हुन्–प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले पछिल्लो समय स–साना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यस किसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताएका हुन् ।

‘राष्ट्रपतिलाई स–साना निहुँमा लगातार आक्रमणको तारो बनाईन्छ । मैले त्यसलाई गणतन्त्र विरुद्धको एउटा साजिसको रुपमा, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने रुपमा बुझेको छु’–प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै भने–‘के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? चुपलागेर बस्ने ? राष्ट्रपति चुप लागेर त बस्नुभएको छ । त्यो भन्दा बढी राष्ट्रपतिले के गर्नुपथ्र्यो ?’

त्यस्तै राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा प्रधानमन्त्री अ‌ाेलीकाे जोड छ । राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै उनले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गर्नु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले भने–‘गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन् । कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको ? जे मा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने यो उचित कुरा होइन ।’

Logo