कोरोनाबाट विश्वमा ४ लाख ८ हजार बढीको मृत्यु, संक्रमितको संख्या ७२ लाख नजिक

कोरोनाबाट विश्वमा ४ लाख ८ हजार बढीको मृत्यु, संक्रमितको संख्या ७२ लाख नजिक

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ६१५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७१ लाख ९३ हजार ४७८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ३५ हजार ५८५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ४९ हजार २७८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख १० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ४६ हजार ७५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ४६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख ८२ हजार ६६३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३५ हजार ७५८ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ९४ हजार ३२४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७८ हजार ९४३ को मृत्यु भएको छ । एसियामा १३ लाख ६७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३५ हजार १०६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ९२ हजार ११८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार २१५ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।रासस/एएफपी

Logo