काठमाडौं ।
सांसद प्रेम सुवालले जेठ २४ गते संसदमा योग अवैज्ञानिक भएको र यसलाई प्रतिबन्ध लगाउनु पर्छ भनेर दिएको अभिव्यक्तिप्रति योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले आपत्ती जनाएको छ ।
योग नेपालबाट सुरु भएर विश्वमा पुगेको वैज्ञानिक सभ्यता भएको बताउँदै संघले यसलाई रामदेवको योगसँग तुलना गर्न नहुने तर्फ ध्यानाकर्षण गराएको छ । सुरुमा योग आध्यात्मिक साधनाको रुपमा प्रचलित भएको भएपनि पछिल्ला दिनहरुमा योग चिकित्साको रुपमा विकसित भइसकेको संघले स्पष्ट पारेको छ ।
विश्वका धेरैजसो विश्वविद्यालयमा आज योगको अध्यापन हुने गरेको स्मरण गराउँदै संघले धेरै वैज्ञानिक, डाक्टर, थेरापिस्ट लगायतहरुले यसलाई वैज्ञानिक भएको बताइरहँदा सांसद जस्तो व्यक्तिले यसप्रकारको अभिव्यक्ति दिनु आपत्तीजनक रहेको बताएको छ ।
बोल्दा होस पुर्याएर बोल्न र विषयगतरुपमा अध्ययन गरेर मात्र अभिव्यक्ति दिन पनि संघले सांसद सुवाललाई सुझाव दिएको छ ।
































प्रतिक्रिया