स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही चेतावनी

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही चेतावनी

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

पछिल्लो समय विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारप्रति प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले भत्र्सना गरेको छ ।

मन्त्री सुदर्शन बरालले प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ विरुद्ध अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारको घटनाप्रति निन्दा गर्दै प्रदेशमा यस प्रकारका आक्रमण तथा दुर्व्यवहार भएमा संलग्नलाई कारवाहीका लागि कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

संक्रमणको शुरुआती चरणदेखि नै स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ उपचार गरिरहेको बताउँदै उनले कठिन काममा खट्ने स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गरेका छन् । मन्त्री बरालले संक्रमित वृद्धि हुँदै जाँदा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मीको जिम्मेवारी अझै थपिएको जनाएका छन् ।

प्रदेश सरकार स्वास्थ्यकर्मीको भौतिक, पेशागत र स्वास्थ्य सुरक्षाप्रति निकै संवेदनशील छ भन्दै मन्त्री बरालले सबैको साथ, सहकार्य र सहभागिताबाट कोभिड–१९ को नियन्त्रण गर्न सम्भव रहेको विश्वास व्यक्त गरे । “सम्पूर्ण जनसमुदायलाई कोभिड– १९ को नियन्त्रण तथा रोकथाममा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने व्यवहार गर्न आह्वान गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।रासस

Skip This
Skip This
Logo