काठमाडौं ।
नेपाली आकाशमा अहिले चिनियाँ विमान फाट्टफुट्ट उडेको देख्न सकिन्छ। तर, ती व्यावसायिक वा चार्टर्ड उडान भने होइन । अन्य कुनै उद्देश्य नभई सगरमाथाको उचाइ लिनका लागि चिनियाँ विमान आकाशमा उडेका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । चीनले आफ्नो क्षेत्रबाट सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अन्तर्गत सर्वेक्षण सुरु गरेको हो।
दुई देशबीचको कूटनीतिक सम्झौतापछि सरकारको निर्देशनमा नै सगरमाथा क्षेत्रमा चिनियाँ सर्वेक्षण विमान उडानका लागि अनुमति दिइएको महानिर्देशक पोखरेलले बताए।
चिनियाँ साइडबाट सर्वेक्षणका लागि दुई सेप्टेम्बर ३० देखि डिसेम्बर ३१ सम्मका लागि दोस्रो चरणको समय निर्धारण गरिएको छ। सर्वेक्षणका लागि सफा मौसम आवश्यक पर्ने भएकाले पहिलो चरण अन्तर्गत अहिले चीनको साइडबाट सगरमाथाको उचाइ नाप्ने काम भइरहेको बताउँदै पोखरेलले सर्वेक्षणका लागि उडान हुने समयमा काठमाडौं विमानस्थललाई टावर सम्पर्क कार्यालय तोकिदिएको जानकारी दिए । नेपालमा वर्षायाम सुरु हुने भएकाले जुन २० देखि उता सेप्टेम्बर २९ सम्म सगरमाथा उचाइ मापनको काम रोकिने बताइएको छ।
यता, नेपालको साइडबाट पनि सर्वेक्षणको काम २०७६ पुसतिर नै सकिएको नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए । २०७४ माघबाट समरमाथाको विभिन्न कोणबाट उचाइ नाप्ने काम सुरु गरिएको थियो। सगरमाथाको उचाइ नाप्न नेपालले यसपटक परम्परागत र आधुनिक विधि गरी दुवै विधि अपनाएको उनको भनाइ छ।अन्नपूर्णबाट





























प्रतिक्रिया