काठमाडाैं । ‘द भ्वाईस अफ नेपाल सिजन-२’ मा आफ्नो बलियो प्रस्तुतिबाट दर्शक र जजहरुको मन जितेका गायक पृथ्वी खनालले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । ‘सरर लिपुलेक’ बोलको यस गीतमा पछिल्लो समयको जल्दोबल्दो नेपाल र भारतको सीमा विवादलाई उठाईएको छ ।
पृथ्वी खनालको स्वर रहेको गीतमा डम्बर हिमाङको शब्द र संगीत रहेको छ । सञ्चारकर्मी हरि पुन मगरको निर्देशन रहेको भिडियोलाई पिटर गुरुङले छायाकंन र सम्पादन गरेका हुन् । गीतको भिडियोमा कमेडी च्याम्पियनबाट चर्चामा आएका खड्ग बहादुर पुन (खबपु) फिचर्ड छन् ।
लकडाउनकै समयमा तयार पारिएको यस गीतलाई गायक पृथ्वीले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । भिडियो:





























प्रतिक्रिया