नेपाली भूमिमा भारतीय पक्षको यातायात सञ्चालन रोक्न सांसद खतिवडाकाे माग

नेपाली भूमिमा भारतीय पक्षको यातायात सञ्चालन रोक्न सांसद खतिवडाकाे माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपाका सांसद विरोध खतिवडाले भारतीय पक्षले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर बनाएको सडकमा यातायात सञ्चालन गर्न लागेकाे भन्दै तत्काल रोक्न माग गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बाेल्दै सांसद खतिवडाले सो माग गरेका हुन् ।

नेपाली भूमि समावेश गरी भारतीप पक्षले चीनको धार्मिक स्थल कैलाश मानसरोवर जाने बाटो निर्माण गरेको थियो । जसको गत वैशाख २६ मा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । भारतीय पक्षले एकतर्फी बाटो बनाएपछि नेपालमा सडकदेखि सदनसम्म भारतको व्यापक विरोध गरिएको थियो । विरोध हुँदा हुँदै पनि सो क्षेत्रमा यातायात सञ्चालन गर्न लागेको भन्दै तत्काल रोक्नुपर्ने उनको भनाइ छ ।

उनले भने–‘भारतीय पक्षले बाटोको शिलन्यास गरेको होइन्, उद्घाटन गरेको हो । शिलन्यास बाटो बनाउन गरिन्छ, उद्घाटन सञ्चालन गर्न । भारतीय पक्षले रुट परमिट दिएर चीनको मानसरोवर जाने यातायात सञ्चालन गर्न थालेको सुुन्नमा आएको छ । तत्काल यातायात सञ्चालनमा रोक लगाउन कुटनीतिक पहल गर्न माग गर्दछु ।’

Logo