५० बढी कोरस डान्सरलाई बलेको राहत

५० बढी कोरस डान्सरलाई बलेको राहत

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । कलाकार सागर लम्साल ‘बले’ ले लकडाउनले प्रभावित भएका कलाकारहरूलाई राहत वितरण गरेका छन् । नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सरको रूपमा नृत्य गर्ने कलाकारहरूलाई उनले राहत वितरण गरेका हुन् ।

विगत दुई महिनाभन्दा लामो समयदेखी चलिरहेको लकडाउनबाट समस्यामा परेका करिब ५० जना कोरस डान्सरलाई बलेले ५ सय केजि चामल, ५ सय केजि दाल र २ सय लिटर तेल वितरण गरेका छन्।

लकडाउनले चलचित्र, म्युजिक भिडियो लगायतको काम ठप्प भएपछि कलाकारहरू समस्यामा परेको र सहयोगको लागि अपिल गरिएपछि बले र शिखर दिप एग्रो प्रा‌‌.लि को सहकार्यमा राहत वितरण गरिएकाे थियाे ।

Logo