सामाजिक सुरक्षा भत्तामा निरन्तरता

सामाजिक सुरक्षा भत्तामा निरन्तरता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने बताएका हुन् । समाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्ध, अपांग, एकल महिला लगायतका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको हो। यसअघि यस वर्षको बजेटमा ६० वर्षभन्दा मुनिका एकल महिलालाई भत्ता कटौती हुने विभिन्न सञ्चारमाध्यममा समाचारहरु आएका थिए । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

Skip This
Skip This
Logo