काठमाडौं ।
वरिष्ठ गीतकार रत्नशम्शेर थापाको आज निधन भएको छ । उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।
करिब डेढ महिना टिचिङ हस्पिटलमा उपचार गरेपछि उनलाई घरमा ल्याइएको थियो । घर कमलपोखरीमा केही महिना आराम गरिरहँदा बुधबार अचानक विरामी भएपछि उनलाई नर्भिक अस्पताल लगिएकोमा उनको आज सोही अस्पतालमा निधन भएको हो ।
उनका घुम्तीमा नआउ है, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, पंक्षीमा डाँफे, जाग लम्क चम्क हे नौ जवान हो, बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा, लगायत सयौं गीतहरु जनमानसमा आज पनि लोकप्रिय रहेका छन् ।





























प्रतिक्रिया