भारतले लगायो नेपाली चियामा प्रतिबन्ध

भारतले लगायो नेपाली चियामा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
दुई पक्षीय सम्झौता विपरित भारतले नेपाली चियामा प्रतिबन्ध लगाएको छ । लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारतले नेपालमा उत्पादिन चियामा रोक लगाएको हो । यस सम्बन्धमा पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको छ ।

‘नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादित चिया कोभिड–१९ को कारण दुवै देशमा बन्दाबन्दी गरिएको वर्तमान अवस्थामा विभिन्न वाहना देखाई भारतीय भन्सारमा रोकिएको हुँदा समस्या उत्पन्न भएको भनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजीकरणको लागि अनुरोध भइ आएको छ’, पत्रमा भनिएको छ, ‘बन्दाबन्दीको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुहरुको आयात निर्यातमा कुनै रोकावट नहुने समझदारी अनुरुप भारतबाट नेपालतर्फ भारतीय वस्तुहरु नियमित आयात भइरहेको तर नेपालमा उत्पादिन चियाको हकमा भारततर्फको निकासीमा समस्या देखिएको बुझिन आएकोले नेपालमा उत्पादित चियाको भारतमा हुँदै आएको निकासीमा देखिएको अवरोध हटाउने व्यवस्थाका लागि त्यहाँमार्फत् भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिने व्यवस्थाका लागि नेपाल सरकार (सचिवस्तर) को मिति २०७७/२/१ को निर्णय अनुसार अनुरोध छ।’अन्नपूर्णबाट

Skip This
Skip This
Logo