इस्लामाबाद ।
पाकिस्तानको कराँचीस्थित एक आवासीय क्षेत्रमा ९८ यात्रु बोकेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । सो विमानमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विमान लाहोरबाट कराँची जाँदै थियो ।
अन्तिम अवस्थामा पाइलटले प्लेनमा प्राविधिक खराबी देखिएको बताएका थिए । इन्जिनमा खराबी आएको पाइलटले खबर दिएको जनाइएको छ । कराचीमा ल्यान्डिगंको समयमा दुर्घटना हुँदा जहाज घरको छतमा ठोकिएको थियो । अहिले उद्धारको काम भइरहेको जनाइएको छ । इदको कारण विशेष उडान गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति दुख व्यक्त गरी अनुसन्धानको लागि आदेश दिएका छन् । साथै उनले राहत र उद्धारका लागि अपिल समेत गरेका छन् ।
उनले दुर्घटनामा परी ज्यान गुमाउने परिवारजनमा समवेदनामा समेत व्यक्त गरेका छन् । दुर्घटनाका कारण केही घरमा आगलागी भएकाे उल्लेख गरिएको छ । विमान अवतरण हुनुभन्दा १ मिनेट अघि समस्या आएको जनाइएको छ ।































प्रतिक्रिया