विराटनगर ।
प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको छैटौँ बैठक जेठ १४ का लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख अधिकारीले प्रदेशको छैटौँ तथा बजेट अधिवेशन जेठ १४ गते दिउँसो २ बजेका लागि आह्वान गरेको प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरिएको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकारले उक्त प्रदेशसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।रासस































प्रतिक्रिया