कोरोना अपडेटः विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित

कोरोना अपडेटः विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।

कोरोना भाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । निको हुनेहरुको संख्या १८ लाख ६७ हजार छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ६१८ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८१९ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ८३ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ६३६ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ८३५ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ९७८ पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १४५, स्पेनमा ८७ र फ्रान्समा ४८३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोना भाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १६ हजार १२२ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ४८५ जनाको ज्यान गएको छ । रासस–एएफपी

Logo