काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपालमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै संक्रमण नयाँ चरणमा प्रवेश गरेको छ । भाइरसको संक्रमणबाट सिन्धुपाल्चोकमा एक महिला र बाँकेमा एक जना पुरुषको निधन भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण नयाँ चरणमा प्रवेश गरेको हो ।
त्यस्तै छिमेकी मुलुक चीन र भारत दुबैमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । कोभिड–१९ को इपिसेन्टर चीनमा महामारी अन्त्य भएको घोषणा गरेको एक महिना नबित्दै फेरि संक्रमण देखिन थालेको हो । साथै, अर्को छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
छिमेकी मुलुक भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । पछिल्लो समय नेपालभित्र कोरोना भाइरसबाट संक्रमण पुष्टि भएका अधिकांश नागरिक भारतबाट लुकिछिपी आएको पाइएको हो ।
त्यस्तैगरी नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी २९ वर्षिय महिलाको शव व्यवस्थापनमा भक्तपुरका दुई युवाले अहम भूमिका खेलेका छन् । भक्तपुरका सामाजिक अभियन्ता अरुण सैंजु र राजेश गाईजुले उनको शव व्यवस्थापनका लागि अहम भूमिका खेलेका हुन् ।
सरकारले गत शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति नीजि क्षेत्रले असन्तुष्ति जनाएका छन् । कोभिड–१९ ले नीजि क्षेत्र उठ्नै नसक्ने गरी टाट पल्टिएको अवस्थामा सरकारले उचित राहतको प्याकेज ल्याउन नसक्दा नीजि क्षेत्रले असन्तुष्टि जनाएका हुन् । सरकारले कर चुक्ताको प्रमाणपत्र देखाएपछि मात्रै पास उपलब्ध गराउने निर्णय गरेर व्यवसायीलाई फेरि एक पटक चिढ्याएको उनीहरुको भनाइ छ । पूरा समाचाका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला





























प्रतिक्रिया