चालक र सह चालकलाई सीमामै परिक्षण गरौं- पूर्वमन्त्री बोहरा

चालक र सह चालकलाई सीमामै परिक्षण गरौं- पूर्वमन्त्री बोहरा

केन्द्रबिन्दु
0
Shares

पूर्वमन्त्री एवं राप्रपाका नेता दिपक बोहराले भारतीय सवारीसाधनका चालक र सह चालकको स्वास्थ्य परीक्षण गरेर मात्रै नेपाल आउन दिनुपर्ने बताएका छन् ।

स्वास्थ्य परिक्षणबिना उनीहरूलाई भित्रिन दिंदा जोखिम बढ्ने भन्दै उनले सीमामै परिक्षणको व्यवस्था गर्नुपर्ने बताएका हुन्।

नेता बोहराले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘उद्योग सञ्चालन गर्ने नाममा नेपाल सरकारद्वारा जारी गरिएको यो कार्यलाई शिघ्र रोकी सीमामै कम्तीमा पनि आरडीटी परीक्षण गरी मात्र नेपाल भित्रिने व्यवस्था गरौं, सयममै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’

Logo