काठमाडौं ।
आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी कोरोना बिरूद्ध बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको हो ।
यस विश्वव्यापी कोरोना महामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कर्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाइरस लागेको देखिएमा यस बीमाले कर्मचारीलाई आर्थिक सहयोग पुर्याउने कम्पनिले विश्वास लिएको छ ।
“आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पुर्याउन कोरोना भाइरसबिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं ।” कम्पनिका सिइओ दिकेश मल्होत्राले बताए ।































प्रतिक्रिया