विद्यार्थीहरूका लागि एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक

विद्यार्थीहरूका लागि एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीहरूका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ।

लकडाउनलाई मध्यनजर गर्दै एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट संञ्चालनमा ल्याएको हो । विद्यार्थीले १५० (करसहित १९१.५४) रूपैयाँमा यो प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ।

यस प्याक अन्तर्गतको डेटा भोलुमको समयावधि ७ दिनको रहनेछ। विद्यार्थीहरुले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२०ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा इडियू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्ने जनाइएको छ।

साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अनलाइन सिकाइको माध्यमबाट फाइदा लिन सकुन् भन्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको एनसेलले जनाएको छ।

Skip This
Skip This
Logo