सबै जिल्ला प्रशासनहरुले वितरण गरेका सवारी पास खारेज

सबै जिल्ला प्रशासनहरुले वितरण गरेका सवारी पास खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएका सबैप्रकारका पासहरु खारेज गर्ने निर्णय गरेको छ ।

शनिबारदेखि पुरानो पास लिएर कुनै पनि सवारी संचालन गर्न नपाइने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

अबदेखि वितरण गरिने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने बताइएको छ ।

संचारकर्मीहरुका लागि भने सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने छ । कोरोना संक्रमण बढेसँगै आजदेखि लकडाउन थप कडा बनाइएको छ ।

Logo