पूर्व मिस वर्ल्ड छिल्लर भन्छिन्– ‘आफ्नै करियरदेखि उत्साहित छुु’

पूर्व मिस वर्ल्ड छिल्लर भन्छिन्– ‘आफ्नै करियरदेखि उत्साहित छुु’

केन्द्रबिन्दु
0
Shares

एजेन्सी ।  मिस वर्ल्ड सन् २०१७ विजेता मानुषी छिल्लर आजबाट २३ वर्ष लागेकी छिन् । उनले जन्मोउत्सव विशेषमा आफ्ना प्रशंसकप्रति आभार प्रकट गरेकी छिन् । पूर्व मिस वर्ल्ड छिल्लर, चाँडै नै बलिउड स्टार अक्षय कुमारसँग फिल्म पृथ्वीराजमार्फत दर्शकमाझ प्रस्तुत हुने तयारीमा छिन् । यस विषयलाई लिएर पनि छिल्लरले आफ्नो करियरका बारेमा उत्साह देखाएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेरो करियर अब मात्र शुरु हुँदैछ । यसका लागि म आँफै पनि उत्साहित छु । मेरो करियर कतातिर मोडिने हो ?’

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव र लकडाउनका बीच आफ्नो जन्मदिन मनाउन बाध्य छिल्लरले यस विषम परिस्थितिलाई पनि सम्बोधन गर्न भ्याएकी छिन् । ‘यो मेरो एक हिसाबले निकै नै चिन्तनशील जन्मोउत्सव हो । मलाई थाहा छ, यतिबेला संसार परिवर्तन भएको छ र यसबारेमा सोच्न र विचार गर्न म सँग पर्याप्त समय छ, परिवार हुनुहुन्छ, साथीभाई छन्’ –उनले भनेकी छिन्–‘सेलिब्रेसनको हिसाबमा पनि मेरो जन्मदिन निकै शान्त छ जसले मलाई निकै दुःखी र पीडित बनाएको छ ।’

छिल्लरले यतिबेला मनोरञ्जन उद्योग नराम्रोसँग थलिए पनि चाँडै नै लय समात्ने तथा कलाकर्मी र दर्शक स्रोताको उल्लेखनिय सहयोग हुने पनि उल्लेख गरेकी छिन् ।

Logo