कपिलवस्तु ।
जिल्लामा तीन वटै सुरक्षा अंगका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । सशस्त्र र नेपाल प्रहरीका नायब निरीक्षक र राष्ट्रिय अनुसन्धानका असईलाई संक्रमण देखिएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरु सबै सीमा कृष्णनगरमा खटिएर ड्यूटी गरेका थिए ।
सुरक्षाकर्मी संक्रमित भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पनि पुष्टि गरेका छन् । त्यस्तै अन्य संक्रमित ५ जना रहेका छन् । यहाँ एकै दिन ९ जना संक्रमित पुरुष थपिएका छन् ।
कृष्णननगर नगरपालिकाको महेन्द्र माविमा क्वारेन्टाइनमा बसेका ५ जनामा संक्रमण देखिएको हो । उक्त नगरपालिकामा पहिलो पटक संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणबाट संक्रमित थपिएका हुन् । उनीहरुको सबैको वैशाख २९ गते स्वाब संकलन गरिएको थियो । कान्तिपुरबाट





























प्रतिक्रिया