फ्याक्ट चेक : ‘आर्थर गन’ लाई भारतीय मिडियाले आफ्नो भनेर दावी गरेकै हुन त ?

फ्याक्ट चेक : ‘आर्थर गन’ लाई भारतीय मिडियाले आफ्नो भनेर दावी गरेकै हुन त ?

केन्द्रबिन्दु
0
Shares

अमेरिकन आइडलमा धमाका मच्चाइरहेका नेपाली गायक दिवेश पोखरेल उत्कृष्ट ७ मा पुगेका छन्।  भोटिङ राउण्डको ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनी उत्कृष्ट ७ मा पुग्न सफल भएका हुन्।

यतिबेला सामाजिक संजालमा उनै पोखरेल भारतका हुन् भन्दै एउटा ‘स्क्रिन सट’ भाइरल भैरहेको छ । आजतक टिभीका सम्बाददाता अरविन्द ओझाको नाम समेत उल्लेख गरेर तयार पारिएको उक्त फोटोमा ‘भारतका सान आर्थर गान पहुचे अमेरिकन आइडलमे’ लेखिएको छ। त्यसको अन्त्यमा ‘ARTHUR GUNN SAYS, I AM FROM CATMANDU, INDIA” पनि लेखिएको छ।

कतिपयले यसलाई साँचो ठानेर भारतीय भारत र आजतकलाई गाली गरिरहेका छन्।  तर, वास्तविकता भने फरक छ ।

यो आजतकले प्रशारण गरेको सामग्रीको ‘स्क्रिन सट’ होइन। यो गलत प्रचारका लागि बनाइएको फोटो हो। जुन वेबसाइटको सहायताले यो फोटो बनाइएको हो त्यसको यूआरएल सोही तस्वीरमा देखिन्छ।  तर, धेरैले यसलाई ख्याल नगरेको पाइयो। फोटोमा मधुरो अक्षरमा ‘breakyourownnews.com’  देखिन्छ ।

यो वेबसाइटबाट जोकोहीले सजिलै त्यस्तो तस्विर बनाउन सक्छन्  । गैरकानुनी र मानहानी फोटो नबनाउन वेबसाइटले सूचना नै राखेको छ।  वेबसाइटले केवल रमाइलो र मज्जाका लागि सावधानीपूर्वक फोटो बनाउन भनेको छ ।

को हुन् आर्थर गन ?

उनको बारेमा हामीले एउटा भिडियो सामग्री तयार पारेका छौं।

Skip This
Skip This
Logo