रुकुममा यार्सागुम्बा संकलनमा रोक, करोडौंको आम्दानी गुम्ने

रुकुममा यार्सागुम्बा संकलनमा रोक, करोडौंको आम्दानी गुम्ने

केन्द्रबिन्दु
0
Shares

रुकुम ।
वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा सङ्कलनमा यस वर्ष रुकुम (पूर्व) मा रोक लगाइएको छ । यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सा संकलनमा रोक लगाउनु परेको पुथाउत्तरगङ्गा गाउँपालिकाले जनाएको छ ।

भीडभाडमा कोरोना संक्रमणको जोखिम उच्च हुने कारण यार्सा संकलनमा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन् । जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सा सङ्कलन यस वर्ष रोक्नका लागि दलीय संयन्त्र समितिले गाउँकार्यपालिकालाई यसअघि नै प्रस्ताव पेश गरेको थियो । गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा यार्सा पाइन्छ ।

विगत वर्षमा यार्सा व्यवस्थापन समितिले यार्सा संकलनका लागि जेठ पहिलो साता खुला गर्थ्यो । गाउँपालिका १, २ र ३ को पानीढल, फूलबारी अरविजा, जंगला, पूपाल, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कुलगायत ठाउँमा यार्सागुम्बा पाइने गरेको उपाध्यक्ष शाहीले जानकारी दिइन् । यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यार्सागुम्बाबाट एक याममा स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, पढाइ लगायतका लागि आम्दानी गर्छन् । सङ्कलन याममा एक महिनासम्म बुकीमै बिताउने उनीहरुले प्रतिपरिवार यार्सा टिपेरै न्यूनतम रु ३० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको स्थानीयवासी बताउँछन् । यस वर्ष यो आम्दानी नहुने भएपछि जिल्लावासी चिन्तित रहेका छन् । रासस

Skip This
Skip This
Logo