ट्रम्पले हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा गराए शान्ति पाठ (भिडियो)

ट्रम्पले हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा गराए शान्ति पाठ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउसमा वैदिक शान्ति पाठ गराएका छन्। अमेरिकामा राष्ट्रिय दिवसको अवसरमा ह्वाईट हाउसले बिहिवार वैदिक शान्ति पाठ गराएको हो ।

न्युजर्सीको बीएपीएस स्वामीनारायण मन्दिरका पूजारी हरीश व्रह्मभट्टले संस्कृतका श्लोक पढ्दै सहभागिहरूलाई पाठ गराएका थिए। कोरोना भाइरसको महामारीले सिर्जित समस्याबाट शान्ति प्राप्तिका लागि पाठ गरिएको हो। उनले शुक्ल यजुर्वदका वैदिक मन्त्रहरुबाट प्रार्थना गरेका थिए ।

उक्त अवसरमा राष्ट्रपति ट्रम्प सहित अन्य नेताहरु पनि सहभागि भएका थिए । पूजारी भट्टले त्यहाँ उपस्थित सबैलाई श्लोकको ‘ट्रान्सलेट’ गरेर अंग्रेजीमा पनि सुनाएका थिए । साथै राष्ट्रपति ट्रम्पले प्रार्थना गरेकोमा पूजारी भट्टलाई आभार प्रकट गरेका थिए ।

कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले राष्ट्रीय प्रार्थना दिवसका दिन अमेरिका महामारी कोरोनाविरुद्धको लडाईमा लागिपरेको बताउँदै इतिहासमा पनि अमेरिका हरेक प्रकारका चुनौतिपूर्ण समयमा धर्म, आस्था, प्रार्थना र ईश्वरीय शक्तिमा भरोसा राखेर र राख्ने बताएका थिए ।

साथै प्रथम महिला मोलानिया ट्रम्पले पूजा समारोहमा कोरोना भाइरसका कारण आफ्नो ज्यान गुमाउन परिवारहरुका लागि सहानुभूति प्रकट गरेकी थिइन् ।

कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा बढी संक्रमित अमेरिकामा ७६ हजार ६१६ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै अमेरिकामा १३ लाख २२ हजार १५४ जना संक्रमित भएका छन्।  ति मध्ये २ लाख २३ हजार ७४९ जना निको भएका छन् ।


Skip This
Skip This
Logo