कोरोना अपडेटः देशभर ६८ हजार ६ सय २ परीक्षण

कोरोना अपडेटः देशभर ६८ हजार ६ सय २ परीक्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिहिबारकाे  तथ्यांक अनुसार देशभर कोरोना भाइरसको ६८ हजार ६ सय २ परीक्षण गरिएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआरकाे रहेको छ ।

प्रवक्ता डा. देवकोटाले दिएको जानकारी अनुसार देशभर १४ हजार ५ सय ९ पीसीआर परीक्षण गरिएको छ । भने ५४ हजार ९३ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ५० जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १७ हजार ३ सय ७२ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या १ सय ३३ रहेको छ । जसमा उपत्यकामा ३ र उपत्यका बाहिर १ सय ३० जना रहेका छन् ।

त्यस्तैगरी बिहिबारसम्म देशभर संक्रमितको संख्या ९९ रहेको छ । जसमा पुरुष ७१ र महिला २८ जना रहेका छन् । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २२ पुगेको छ । घर फर्किएका कूल २२ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

Logo