फेसबुकमा भाइरल २ सूचना : भोटेकोशीले सच्यायो, पनौतीमा बैठक बस्दै

फेसबुकमा भाइरल २ सूचना : भोटेकोशीले सच्यायो, पनौतीमा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। मंगलबार प्रकाशित सूचनाको विषयमा चर्को आलोचना भएपछि सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका वडा नम्बर १ ले अर्को सूचना प्रकाशन गरेको छ।

बुधबार बिहान जारी अर्को सूचनामा टिका टिप्पणीहरूलाई सुझावकोरूपमा लिएको उल्लेख गरिएको छ।  स्थानीयले बुझ्ने र सरल भाषामा सूचना सम्प्रेषण गरिएको उल्लेख गर्दै भनिएको छ, ‘यस विषम परिस्थितिमा कुरामा भन्दा काममा विश्वास गर्नुहुन् सबैमा आग्रह गर्न चाहन्छु।’

आज प्रकाशित सूचनामा क्यारेम बोर्ड, जुवा तास, फुटबल, भलिबललगायत जमघट हुने खालका खेलहरू नखेल्न आग्रह गरिएको छ। “शहरबाट आएका युवाहरू भेला भएर खेल खेल्दा जोखिम बढ्ने भएकाले हामीले सूचना नै जारी गर्नु परेको हो।” वडाध्यक्ष मुके शेर्पाले भने।

वडा कार्यालयले यस अघि जारी गरिएको सूचनामा  ‘कोरोना सर्ने भएकाले तास नखेल्नु’ भन्ने आशय भएपछि सामाजिक सञ्जालमा टिका टिप्पणी भएको थियो।

 

सामाजिक संजालमा विवादास्पद बनेको काभ्रेको पनौती नगरपालिका वडा ७ ले जारी गरेको सूचना पनि सच्चिने भएको छ।  त्यसका लागि अहिले १० बजेपछि बैठक बोलाइएको वडाध्यक्ष रामचन्द्र नास्नानीले जानकारी दिए ।

 

यो पनि 

Skip This
Skip This
Logo