आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्ने भएको छ । आज बेलुका ४ बसे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकले अब हुने लकडाउनको मोडालिटी तय तय गरी मन्त्रिपरिषद समक्ष सिफारिस गर्नेछ ।
यस अघि कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले सोमबार पनि लकडाउनको मोडालिटीका विषयमा छलफल गरेको थियो ।
पछिल्ला दिनहरुमा तराईका जिल्लामा संक्रमणको बढ्दो अवस्थामा रहेको र परीक्षण पनि ब्यापक भइरहेको अवस्थालाई मध्यनजर गर्दै २५ गतेपछि लकडाउन कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्ती तथा मन्त्तिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोभिड-१९ रोकथामका लागि अहिलेसम्म भएका प्रयास र आगामी दिनमा लकडाउनको अवस्था कस्तो हुने भन्ने विषयमा छलफल भएको बताए । स्थानीय तहहरुसँग समन्वय गरी अब कसरी जाने भन्ने विषयमा मंगलबारको बैठकले निर्णय गर्न सक्ने उनले बताएका थिए ।
अहिले लक डाउनका विषयमा आन्तरिक गृहकार्य र विश्लेषणको कार्य जारी रहेको उल्लेख गर्दै सचिव विडारीले मंगलबार समितिले लकडाउनको मोडालिटीका विषयमा मस्यौदा तयारी गरी सरकारलाई दिन सक्ने बताएका थिए ।































प्रतिक्रिया