बजेट छलफलमा सक्रियता बढाउँदै अर्थमन्त्री खतिवडा

बजेट छलफलमा सक्रियता बढाउँदै अर्थमन्त्री खतिवडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सातै प्रदेशका अर्थमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।

अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा विभिन्न सरोकारवालाहरुसँगको छलफल तीब्र बनाएका हुन् । मन्त्री खतिवडाले बजेट नजिकिंदै गर्दा तीनै तहको सरकारको बीचमा मिलाउनु पर्ने कुरा, राजश्वको विषय , खर्चमा के कसरी प्राथमिकता दिने भन्ने विषयमा केन्द्रीत रहेर छलफल गरेका छन् । त्यसका साथै कोरोना भाइरसको संक्रमणका कारण अस्तव्यवस्त बनेको नेपाली अर्थतन्त्रलाई कसरी पुरानै लयमा फर्काउन सकिन्छ भन्ने विषयमा पनि उनले छलफल गरेका छन् ।

सरकारले आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिन लागेको छ । कोरोना भाइरसका कारण अधिकांश क्षेत्र प्रभावित भएका कारण स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन यस क्षेत्रको बजेट बढाउने तयारी सरकारले गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण यतिबेला उद्योग व्यवसाय, पर्यटन, कृषि, रेमिट्यान्स तथा वैदेशिक लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । जसका कारण रोजगारीमा समेत ठूलो असर परिरहेको छ ।

बजेटले रोजगारीका विषयमा पनि केही विशेष व्यवस्था गर्न सक्नेछ । रोजगारीमा असर परेको भन्दै सरकारले यसलाई पनि मूख्य प्राथमिकतामा राखेको छ । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा ठूलो असर परेको छ । जसका कारण १ खर्ब भन्दा बढी रेमिट्यान्स घट्ने अनुमान गरिएको छ । त्यसैले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउने तयारी सरकारले गरेको छ ।

Skip This
Skip This
Logo